काठमाडौँ । टी-२० विश्वकपको एसिया क्षेत्र छनोटको महत्त्वपूर्ण खेलबाट नेपाल र ओमानले अमेरिकामा हुने टी–२० विश्वकपमा टिकट पक्का गरेका छन्। शुक्रबार भएको सेमिफाइनलमा नेपालले युएईलाई हराउँदा ओमानले बहराइनलाई १० विकेटले पराजित गर्यो।
योसँगै उपाधिका लागि ओमान र नेपाल टियू मैदान कीर्तिपुरमा आइतबार भिड्ने पक्का भएको हो। टियू मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो।
जवाफमा उक्त लक्ष्य ओमानले १४/२ ओभरमा विकेट नगुमाइ पूरा गरेको थियो। ओमानका लागि काश्यप प्रजापति र प्रतिअ अथभाले अर्धशतकीय इनिङ खेले। प्रजापति ५७ रनमा अविजित रहँदा प्रतीक ५० रनमा अविजित रहे।
त्यस्तै, मूलपानी मैदानमा नेपाले युएईमाथि ८ विकेटको सहज जितसहित अमेरिका विश्वकपको टिकट पक्का गर्यो। यसअघि समूह चरणको अन्तिम खेलमा नेपाललाई पराजित गरेको ओमान अन्ततः फाइनलमा पनि अब नेपालविरुद्ध नै प्रतिस्पर्धा गर्ने भएको हो।