९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नर्सिङ शिक्षा समस्याको उपाय खोज्न कार्यदल गठन

अ+ अ-

काठमाडौँ । नर्सिङ शिक्षामा देखा परेका समस्याको समाधान खोज्न चिकित्सा शिक्षा आयोगले ७ सदस्यीय कार्यदल गठन गरेको छ ।

आयोगको मङ्गलवार बसेको कार्यकारी समितिले आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशकको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । 

आयोगका अनुसार कार्यदलले नर्सिङ विधाको अध्ययन र अध्यापनमा प्रयोगात्मक कार्य÷अभ्यास, जनशक्ति व्यवस्थापन, आवश्यक न्यूनतम शैक्षिक योग्यता निर्धारण, प्रमाणपत्र तह र स्नातक वा सोभन्दा माथिका एक भन्दा बढी शैक्षिक कार्यक्रम एउटै संस्थामा सञ्चालन गर्ने सम्बन्धमा अध्ययन गर्नेछ ।

चिकित्सा शिक्षा ऐन आएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गरेका कलेजले विश्वविद्यालयका स्नातक र सोभन्दा माथिल्लो तहका कार्यक्रम सञ्चालन गर्न पाएका छैनन् । कलेजहरूले उक्त व्यवस्था संशोधनको माग गर्दै आइरहेका छन् ।

कार्यदलमा नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष सरला केसी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी एघारौँ तहकी अधिकृत हिरादेवी निरौला, चिकित्सा शास्त्र अध्ययन संस्थान नर्सिङ क्याम्पसकी प्रिन्सिपल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी नर्सिङ प्रिन्सिपल, काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको नर्सिङ निर्देशक सदस्य रहेका छन् । आयोगका अधिकृतस्तरका कर्मचारी कार्यदलको सदस्य सचिव छन् ।

प्रतिक्रिया दिनुहोस