२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाग तस्करको पुरानै ‘ट्रिक्स’ ले गैँडा संरक्षणमा चुनौती

अ+ अ-

चितवन । दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडा तस्करले धरापमा पारेर मारेका छन् । दुवै गैँडा खाल्टोमा परेर मरेका हुन् ।

विगत लामो समयदेखि तस्करले खाल्टो खनेर गैँडा धरापमा पारेका थिएनन् । करिव बीस वर्षअघि यसरी गैँडा मार्ने गरिएकामा पछिल्ला वर्षहरूमा गोली हानेर, करेन्ट लगाएर तस्करहरूले गैँडा मार्दै आएका थिए । निकुञ्जभित्र खाल्टो खनी धरापमा पारेर गैँडा मार्न थालेपछि निकुञ्जको सुरक्षामाथि प्रश्न उठ्न थालेको छ । खाल्टो खनेर धराप बनाउन समय लाग्ने भएकाले लामो समय तस्कर निकुञ्जभित्र बसेको यस घटनाले देखाएको छ ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रको बडेला खोला नजिकै दुई वटा खाल्टामा गैँडालाई धरापमा पारेर मारिएको थियो । छ र १८ वर्षका पोथी गैँडा मरेको अन्दाजी तीन र दस दिनमा फेला परेको निकुञ्जको अनुमान रहेको छ । उहाँका अनुसार नजिकै अर्को खाडल पनि भेटिएको छ । पाँच सय मिटर वरपर हेर्दा थप खाल्डा भने भेटिएनन् । तस्करले खाल्टाको माटो केही पर लगेर फालेको देखिएको छ । कोदालो, गैँचीजस्ता साधन प्रयोग गरेर खाल्टो खनिएको अनुमान गरिएको छ । खाग लगेर खुर छाडिएको छ ।

सोही क्षेत्रमा निकुञ्जले चाडपर्वको समयमा गस्ती बढाएको जनाएको थियो बिहीबार दुई मृत गैँडा भेटिँदा सोही क्षेत्रमा ५२ औँ दिनसम्म नियमित हात्तीको गस्ती थियो । दस वटा हात्तीमा निकुञ्ज सुरक्षार्थ नेपाली सेना र निकुञ्जका कर्मचारीले पूर्वी क्षेत्रमा गस्ती गरिरहँदा पनि दसैँ र तिहारको बीचको समयमा तस्करहरूले खाल्टोमा पारेर गैँडा मारेका हुन् ।

यो विधि प्रयोग गर्न समय लाग्ने सूचना अधिकारी तिवारीले बताए । उनको भनाइमा तस्करले गैँडाको बाटो पहिचान गरी खाल्टो खनेर नजिकैबाट चियो गरेको देखिन्छ । गैँडा मरेपछि खाग काटेर लगेका हुन् । यो लामो समयसम्म निकुञ्जभित्र रहेर तस्करले निर्धक्कसँग गैँडा मारेको पाइएको छ । सो क्षेत्रमा रहेका गैँडामध्ये १२ वटा बाढीले बगाएकाले भारतीय भूमिमा पुगेर उद्धार गरी ल्याइएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले तस्करले पुरानो विधि प्रयोग गरेको पाइएको र यसले सुरक्षामा चुनौती थपिएको बताउनुभयो । निकुञ्ज प्रशासनले यो घटना लगत्तै रणनीतिक हिसाबले अनुसन्धान थालेको र तस्कर पक्राउ गर्ने जिकिर गर्दै उनले तत्काल पूरै निकुञ्ज ‘स्वीप’ गरिने जानकारी दिए ।

निकुञ्जका सबै क्षेत्रमा पुग्नेगरी गस्ती बढाइने प्रमुख संरक्षण अधिकृत पुनको भनाइ थियो । कतिपय यस्ता घटना थाहै नहुने भन्दै उनले घटना भएको तेस्रो दिन गस्ती टोली पुगेको पनि बताए । निकुञ्जभित्र यतिबेला बाक्लो झाडी भएकाले नजिकै पनि देख्न मुस्किल हुन्छ । प्रमुख संरक्षण अधिकृत पुनले भन्नुभयो, “सुरक्षामा चुनौती थपिएको छ । हामी यसलाई गम्भीररुपमा लिएर रणनीतिक हिसाबले काम गछौं।”

निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत एवं हालका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालले नयाँ चुनौती थपिएको बताए । बीस÷२५ वर्ष पहिले तस्करले प्रयोग गरेको विधि अहिले प्रयोग भएको भन्दै उनले खाल्टो खनुन्जेलसम्म पनि संयन्त्रले थाहा नपाउनु दुःखद् भएको बताए ।

विभाग, नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालय र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल छलफल गरेर छानबिन र अनुसन्धान सूक्ष्मढङ्गले अघि बढाउने बताए । समग्र सबै क्षेत्रमा चुनौती देखिएको भन्दै उनले सूष्मरूपमा निकुञ्जभित्र गस्ती गर्नुपर्नेमा जोड दिए । उपमहानिर्देशक ढकालले भने “निकुञ्जभित्र अरु पनि खाल्टा खनिएको र घटना भएको हुनसक्छ । सूष्म अध्ययन गर्नुपर्छ । समग्र संरक्षणका विधि पद्धति, तरिकाको समीक्षा गरिनुपर्छ ।” उनले थपे, “विभागले यो घटनालाई गम्भीररुपमा लिएको छ । स्थानीय समुदायसँग सहकार्य बढाएर संरक्षणमा लाग्नुपर्छ ।”

सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी निकै घटेर गएको थियो । कतिपय वर्षहरूमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो । गत वर्ष दुई वटा गैँडा सिकारीले मारेका र तस्कर पक्राउ परेका थिए ।