काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका छन् ।
थापा २१ हजार ५५८ प्राप्त गर्दै विजयी भए भने उनका निकटतम प्रतिद्वन्दी एमालेका डा. राजन भट्टराईले १८ हजार १४० मत पाए ।
थापा काठमाडौं ४ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा थापा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।







