२७ कार्तिक २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व प्रहरी शिखर सम्मेलनका लागि गृहमन्त्री गुरुङ दुबई प्रस्थान, सुरक्षा सहकार्यबारे छलफल गर्ने

अ अ+ अ-

काठमाडौँ । विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुधन गुरुङ आज साँझ संयुक्त अरब इमिरेट्स (युएई)को दुबई प्रस्थान गरेका छन् ।

गृहमन्त्रीको सचिवालयका अनुसार गुरुङले सम्मेलनमा सहभागी मुलुकका आफ्ना समकक्षीसँग द्विपक्षीय छलफल गर्नेछन् । त्यस क्रममा सुरक्षाका क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदानबारे पनि कुराकानी हुनेछ ।

सम्मेलनमा कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार र वित्तीय अपराध नियन्त्रणसहित १४ विषयगत क्षेत्रमा छलफल हुनेछ ।

अपराध अनुसन्धान, गुप्तचर सूचना तथा आधुनिक फरेन्सिक प्रविधि, लागु औषध र संगठीत अपराध नियन्त्रण, सीमा सुरक्षा तथा स्मार्ट सुरक्षा प्रणाली पनि सम्मेलनका एजेन्डामा छन् । रक्षा तथा संकट प्रतिकार्य, भूउपग्रह सूचना र अन्तरिक्ष सुरक्षाबारे समेत छलफल हुनेछ ।

सम्मेलनमा उच्चस्तरीय नीतिगत छलफलसँगै विषयगत तथा प्राविधिक सत्र, कार्यशाला र तालिम सञ्चालन हुनेछन् । अन्तर्राष्ट्रिय प्रदर्शनी र विश्व प्रहरी पुरस्कार वितरण पनि सम्मेलनका कार्यक्रममा समेटिएका छन् ।

0 Comments