काठमाडौँ । मधेस प्रदेश सभाको बैठक शनिबार दिउँसो १:०० बजेदेखि बस्ने गरी आह्वान गरिएको छ ।
मधेस प्रदेश सरकार (मन्त्रिपरिषद्को) आज बसेको बैठकको निर्णय अनुसार प्रदेशसभा आह्वान गर्न सिफारिस भएपछि प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयबाट आज जारी विज्ञप्तिअनुसार विसं २०८३ कात्तिक २८ गते शनिबार दिउँसो १:०० बजेदेखि लागू हुने गरी मधेस प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ ।
प्रदेश सभा आह्वानसम्बन्धी जानकारी प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा जारी विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो ।





