काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को चुनावमा नेकपा एमालेले एकल बहुमत नल्याए देश देश रहन्छ कि रहँदैन भन्ने आशङ्का रहेको दाबी गरेका छन्।
शुक्रबार डडेलधुरामा आयोजित महाकाली-मेची अभियानअन्तर्गतको सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले गठबन्धन रहिराखे सम्हाल्नै नसक्ने गरी देशलाई बरबादीमा लग्ने बताए।
उनले ०८४ को चुनावमा नेकपा एमालेको नेतृत्वमा सरकार हुनुपर्ने बताए। उनले वर्तमान सरकार हल्लिरहेकोले सरकार ढाल्नु नपर्ने बताए। उनले नेपाली काँग्रेस प्रचण्ड पथको भरिया बनेर हिँडिरहेको आरोप लगाए।
उनले भने, ‘यो गठबन्धन कथंकदाचित टिक्यो भने पनि सम्हाल्नै नसक्ने गरी देशलाई बरबादीमा लग्नेछ। यदि ०८४ को चुनावमा पनि नेकपा एमालेले एकल बहुमत ल्याएन भने देश रहन्छ कि रहँदैन ? देश बर्बाद त भइसक्यो। अझै बर्बाद हुनेछ। त्यस कारण ०८४ को चुनावमा नेकपा एमालेको नेतृत्वमा सरकार हुनुपर्छ। यो सरकार कसैले ढाल्नु पर्दैन, सरकार हल्लिरहेको छ। चर्याकमर्याक छ।’