९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनतामा एमालेप्रति आशा, भरोसा र सद्भाव बढेको छ : ईश्वर पोखरेल

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘झुलाघाट-चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ ले लोकतन्त्र र समृद्धिको पक्षमा राष्ट्रिय एकताको बलियो सन्देश प्रवाहित गरेको बताएका छन्।

प्रेस चौतारी झापाद्वारा आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उनले एमालेको यो यात्रा सफल भएको बताएका हुन्।

‘यो यात्रा कसैका विरुद्ध थिएन,’ उनले भने, ‘आम जनताले यात्राका क्रममा देखाउनुभएको अपार सहभागिताले मध्य पहाडी पुष्पलाल लोकमार्ग आसपासका बासिन्दा विकास र रोजगारी चाहन्छन्। तमाम बेथितिको अन्त्य चाहन्छन् भन्ने स्पष्ट भएको छ।’ उनले जनतामा एमालेप्रति आशा, भरोसा र सद्भाव बढेको दाबी गरे।

रोजगारी र विकासको अभावमा पहाडका जनता गाउँ रित्याएर बसाइँ सरिरहेको देखिएको हुँदा अब पहाडमा के कस्तो विकास चाहिन्छ भन्ने विषयमा एमालेले यात्राबाट यथार्थ जानकारी हासिल गरेको उनले सुनाए।

सङ्कल्प यात्रामा आम जनतासँगै सुरक्षाकर्मी र अन्य राजनीतिक दलबाट समेत राम्रो सद्भाव प्राप्त भएको उनको भनाइ थियो।

उनले सोचेभन्दा राम्रो उपलब्धि भएको धारणा व्यक्त गर्दै सङ्कल्प यात्राबाट प्राप्त अनुभवका आधारमा निकट भविष्यमा एमालेले आगामी दिनमा गर्नुपर्ने कार्यको व्यवस्थित विवरण सार्वजनिक गर्ने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस