११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिममाथि कोशी प्रदेशको सानदार जित

अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पनि प्लेअफ सम्भावनालाई बलियो बनाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कोशी प्रदेशले सुदूरपश्चिममाथि ८ विकेटको जित निकाल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ ।
पहिला ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा ३ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

जवाफमा कोशीले १७.४ ओभरमा २ विकेट गुमाएर जित निकालेको हो । कोशीलाई जिताउनका लागि कप्तान रुविना क्षत्री र काजल श्रेष्ठले उत्कृष्ट पारि खेले । रुविनाले ५५ बलमा ५१ रनको नटआउट पारि खेल्दा १ छक्का र ८ चौका प्रहार गरिन् ।

स्कोर लेभल भएका बेला काजल श्रेष्ठ आउट भइन् । उनी अर्धशतक बनाएर आउट भएकी हुन् । उनले ४८ बलमा ५४ रन बनाइन् । उनले ८ चौका प्रहार गरिन् । काजल आउट भएका बेला अप्सरी बेगम खाता नखोलेर आउट भएपछि दोस्रो विकेट गुमाएको थियो । तर, क्रिजमा आएका विमला मालाले ४ रनको नटआउट पारि खेल्दै जित दिलाइन् ।

अन्त्यमा कोशीले गुमाएका दुवै विकेट अनु कडायतको नाउँमा रह्यो । टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमका लागि विन्दू रावलले ३३ रन बनाइन् । उनले ३९ बल फेस गर्दा ५ चौका प्रहार गरिन् । यसैगरी सम्झना खड्काले ३१ बलमा २७ रन बनाउँदा ३ चौका प्रहार गरिन् ।

यसैगरी कविता जोशीले २४ बलमा २६ रन नटआउट बनाउँदा ३ चौका हिर्काइन् । यस्तै रेवती धामीले १८ बलमा २० रनको नटआउट पारि खेल्दा ३ चौका प्रहार गरिन् । कोशीका लागि सबनम राइ र अप्सरी बेगमले एक एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस