२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै रास्वपाका नेता-कार्यकर्ता उत्रिए सडकमा

अ+ अ-

काठमाडौँ । बालकुमारी घटनाका विषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्ताले प्रदर्शन गरेका छन् । आज (शनिबार) ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि प्रदर्शन गर्दै रास्वपाले गृहमन्त्रीको राजीनामा मागेको हो ।

सो पार्टीकी नेत्री एवं सांसद तोसिमा कार्कीले हरेक नागरिकको बाँच्न पाउने अधिकार हुँदाहुँदै पनि युवाले गरेको प्रदर्शनमा गोली चलाउनु दुःखद भएको बताइन् । उनले दुई युवाको हत्या घटनाको रास्वापाले घोर भर्त्सना गरेको उल्लेख गरिन् । उक्त घटनामा गृह मन्त्रालयले छानबिन गरेको अवस्थामा नैतिकतामा आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले माग गरिन् ।

प्रदर्शनमा सहभागीले ‘प्रधानमन्त्रीज्यू, १७ हजार प्लस २ भयो त अझै कति ?’, ‘नालायक सरकार राजीनामा दे,’ ‘मृतकलाई सहिद घोषणा गर’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

शुक्रबारको घटनामा दुईजना युवाको मृत्युसमेत भएको थियो । आज बिहान नेविसंघले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै मन्त्री क्वार्टर अगाडि प्रदर्शन गरेको थियो ।