२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपा सुनारमाथि जातीय विभेद गरेको आरोप लागेकी सरस्वती श्रेष्ठले पाइन् सफाइ

अ+ अ-

काठमाडौँ । सामाजिक अभियन्ता एवम् सञ्चारकर्मी रुपा सुनारमाथि जातीय विभेद गरेको आरोप लागेकी सरस्वती श्रेष्ठले जिल्ला अदालत काठमाडौँबाट सफाई पाएकी छन् ।

२०७८ असारमा जातकै आधारमा कोठा नदिइएको भन्दै सुनारले महानगरीय प्रहरी परिसर सिंहदरवारमा उजुरी गरेकोमा उक्त मुद्दालाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अदालतमा दर्ता गरेको थियो ।

जिल्ला अदालतमा दर्ता भएको साढे दुई वर्षपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश शकुन्तला कार्कीको एकल इजलासले श्रेष्ठलाई सफाई दिने फैसला गरेको हो । श्रेष्ठमाथि सुनारले लगाएको जातीय विभेदको आरोपको दाबी नपुग्दै तर्कसहित जिल्ला अदालत काठमाडौँले सफाई दिएको बताइएको छ । 

सुनारले प्रहरीमा जाहेरी दिइसकेपछि घरधनी श्रेष्ठलाई पक्राउ गरेर केही दिन हिरासतमा राखेको थियो । पक्राउ परेकी उनलाई जिल्ला अदालत काठमाडौँले एक लाख १५ हजार रुपैयाँ धरौटी तिर्न आदेश दिएपछि श्रेष्ठ धरौटी तिरेर हिरासतमुक्त भएकी थिइन् ।

कार्कीकै इजलासले सरस्वती पक्षधरले सुनारविरुद्ध हालेको वैयक्तिक गोपनीयता भङ्ग र बेइज्जती मुद्दामा रुपालाई सफाई दिने फैसला पनि अदालतले गरेको छ ।  जिल्ला अदालतमा निरन्तर दुई दिनसम्म यो मुद्दामा बहस भएको थियो ।

यसैबीच पीडित सुनारले आफूमाथि भएको गरेको जातीय विभेदविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने प्रतिक्रिया दिएकी छन् ।