११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण बदल्छौँ : मुख्यमन्त्री कार्की

अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशी प्रदेशबाट परिवर्तन गर्ने बताएका छन् ।

झापाको बिर्तामोडस्थित अग्रसेन भवनद्वारा बिहीबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । श्यामबाबा मन्दिरमा प्राणप्रतिष्ठाका लागि भारतको खाटु श्याम बाबाबाट दिव्याशीष र अखण्ड ज्योति ल्याउने समूहको बिदाइ कार्यक्रममा मुख्यमन्त्री कार्की सहभागी भएका थिए ।

त्यस क्रममा उनले व्यापारी सरकारको साझेदार नभई अंग भएको बताए । ‘व्यवसाय, व्यवसायी, उद्योगी र व्यापारीको परिभाषा कोशीले बदलेर व्यवसायलाई सरकार बाहिर होइन सरकारभित्रको नै अंग भएको प्रमाणित गर्न सबैको सहयोग अपरिहार्य छ,’ उनले भने, ‘सरकार र उद्योगी, व्यवसायी एउटै हो, छुट्टै होइन । व्यवसायी सरकार बाहिर जानै सक्दैन । साझेदार हुनै सक्दैन ।’ कोशी सरकार व्यवसायमैत्री भएकाले सबैलाई हातेमालो गरेर प्रदेशलाई समृद्ध र आर्थिक रूपमा आत्मनिर्भर बनाउने अभियानमा सघाउन उनले आह्वान गरे ।

‘सरकारले उद्योग, व्यवसाय क्षेत्रको उत्थान र विकासका लागि तालिम, प्रविधि हस्तान्तरण, पुँजीलगायत सहयोग गर्छ,’ उनले भने, ‘व्यवसायी सरकारभन्दा अलग हो, लुट्छ, कर छल्छ भन्ने बुझाइ कोशी सरकारले बदल्छ ।’

उद्योगी, व्यवसायीले धेरैभन्दा धेरै आम्दानी गरेर धेरैभन्दा धेरै कर तिरेर सरकारलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुर्‍याउन उनले आग्रह गरे । नेताहरूले भोटको राजनीतिमा लागेर श्रमिकलाई अपमान गर्ने भाषण तत्काल बन्द गर्नुको विकल्प नभएको उनको भनाइ थियो ।

‘भोटको राजनीतिमा लागेर युवा जनशक्ति पलायन भएको नारा दिन बन्द गर्नुपर्छ,’ उनले भने, ‘नेताहरू श्रमिकको नै टिकटमा विदेश जाने, बस्ने, भाषण गर्ने, भ्याएसम्म मार्केटिङ पनि गर्ने र चन्दा पनि उठाएर ल्याउने, अनि फेरि श्रमिकलाई नै अपमान हुने गरी भोटका लागि नारा दिने कार्य तत्काल बन्द गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस