काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम आज (बिहीबार) नै सार्वजनिक हुने भएको छ ।
निर्वाचन आयोगका अनुसार साँझ ७ बजेभित्र सबै प्रदेशमा मतगणना सम्पन्न गरी आयोगले परिणाम सार्वजनिक गर्ने तयारी गरेको छ।
राष्ट्रिय सभाको १९ सिटका लागि बिहीबार भएको निर्वाचन सम्पन्न भएको छ । ७ प्रदेशमा रहेको मतदान केन्द्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ ।







