काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रष्ट्राचार प्रमाण ल्याए २४ घण्टाभित्रै कारबाही गरिने बताएका छन् ।
शुक्रबार कोरिया रिटर्नीहरुसँग छलफल गर्दै मन्त्री अर्यालले श्रमिकलाई कुनै पनि बहानामा कसैले ठगी गरे तत्काल कारबाही गरिने बताएका हुन्।
कोरिया रिटर्नीको समस्या सम्बोधन गर्न फास्ट ट्रयाकमा प्रक्रिया अगाडि बढाइने समेत उनले बताए ।
‘तपाईंहरुको समस्याको विषयमा सम्बन्धित निकायहरूसँग बसेर छलफल गर्नेछु, आवश्यक परे तपाईंहरुलाई नै राखेर छलफल गराइने छ,’ उनले प्रतिबद्धता छ ।
कोरिया रिटर्नीहरुले कोरिया जाने श्रमिक ईपीएसका कर्मचारीबाट ठगिएको गुनासो गरेका थिए । उनीहरूले रोस्टरमा रहेका रिटर्नी तथा महिलाहरूको फाइल कोरियाको रोजगार दातासम्म पुराउन पर्ने, गत असार १० गते ईपीएस नेपाल रिटर्नीहरुसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने, साउन १२ गते ईपीएस नेपाल र रिटर्नीहरु बीच भएको सम्झौता पनि कार्यान्वयन गर्नुपर्ने र ईपीएस नेपालले ज्यादती तथा लुट गरिरहेको आरोप लगाएका थिए ।
श्रममन्त्रीले शुक्रबार नै कुवेतमा सवारी दुर्घटनामा मृत्यु भएका युवकका परिवारसँग भेट गरेका छन् ।







