२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घर छाडेका नागरिक साढे ४४ लाख, २२ लाख विदेशमा : तथ्याङ्क कार्यालय

अ+ अ-

काठमाडौँ । नेपालमा घर छाडेका नागरिकको जनसङ्ख्या साढे ४४ लाख जना रहेको देखिएको छ । जनमध्ये २२ लाख नेपाली विदेशमा रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार घरमा अनुपस्थिति जनसङ्ख्या ४४ लाख ५७ हजार ८२८ जना रहेको देखिन्छ । यो कुल जनसङ्ख्याको १५.३ प्रतिशत हो ।

सहरभन्दा ग्रामीण भेगबाट धेरै नेपालीले घर छाडेको तथ्याङ्कमा देखिन्छ । घर छाडेको जनसङ्ख्यामध्ये २२ लाख ६७ हजार २३६ जना मुलुकभित्रै एक स्थानबाट अर्को स्थानमा लामो समय बसिरहेको देखिएको छ । २१ लाख ९० हजार ५९२ जना नेपाली भने विदेशमा रहेको तथ्याङ्क छ ।

कार्यालयले २०७८ सालको जनगणनाका थप तथ्याङ्कहरू आइतबार सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार सबैभन्दा धेरै हिमाली र पहाडी भेगबाट घर छाड्नेहरू देखिन्छन् ।

तराईबाट ११ प्रतिशतले घर छाड्दा हिमालबाट २१।६ र पहाडबाट २०.३ प्रतिशत घरमा ६ महिना भन्दा लामो समय नबसेको देखिएको छ । घर छाड्नेमा पुरुषको जनसङ्ख्या महिलाको तुलनामा धेरै देखिन्छ । विदेश जानेको संख्या अघिल्ला जनगणनाहरूको तुलनामा क्रमशः बढ्दै गएको समेत देखिएको छ ।