१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रत्नपार्कमा धर्ना बसेका भण्डारीका माग पुरा गर्न अपाङ्ग संघको माग

अ+ अ-

काठमाडौँ । काठमाडौँको रत्नपार्क, शान्ति बाटिकामा हप्ता दिनदेखि पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा भएको अनिश्चितकालीन धर्ना मंगलबार पनि जारी छ । धर्नाका क्रममा उठाइएका मागहरुका बारेमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले ऐक्यबद्धता जनाएको छ ।

अध्यक्ष प्रकाश पन्तले मंगलबार एक विज्ञप्ति जारी गर्दै भण्डारीको नेतृत्वमा भएको अनिश्चितकालीन धर्नाका सम्बन्धमा ध्यानाकर्षण भएको जनाए । उनले विज्ञप्तिमा भनेका छन्,‘प्रचलित कानुनमा व्यवस्था भएबमोजिम पूर्ण र अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई आवश्यकताका आधारमा राज्यले सहयोगी सेवा र सामग्री उपलब्ध गराउनुपर्ने मागसहित काठमाडौँको रत्नपार्क, शान्ति बाटिकामा हप्ता दिनदेखि पूर्ण अशक्त अपाङ्गता भएका दीपक भण्डारीको नेतृत्वमा भएको अनिश्चितकालीन धर्नाका सम्बन्धमा नेपाली काङ्ग्रेसको भ्रातृसंस्था ‘राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ’ को ध्यानाकर्षण भएको छ । यो सङ्घ उक्त धर्ना र आन्दोलनको पूर्ण समर्थन गर्दै ऐक्यबद्धता जनाउँदछ ।’

पटक पटकका आन्दोलन र अभियानको सफलतासँगै संविधान सभाबाट संविधान जारी भएको झन्डै एक दशक बितिसक्दा पनि संवैधानिक तथा कानुनी हक र अधिकार प्राप्तिका लागि अझै पनि आन्दोलन गर्नुपर्ने अवस्था आउनु लोकतान्त्रिक तथा लोककल्याणकारी राज्यका लागि लज्जाको विषय भएको अध्यक्ष पन्तको भनाइ छ । संविधानतः आर्थिक, सामाजिक, शारीरिक रूपमा कमजोर र जोखिमको अवस्थामा रहेका नागरिकहरूको विशेष व्यवस्थासहित संरक्षण गर्नु राज्यको दायित्व भएको उनले बताए ।

‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ तथा नियमावली २०७७, नेपाल पक्ष राष्ट्र भएको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासिन्ध, २००६ मा व्यवस्था भएका प्रावधानहरू लागू गरियोस् भन्दै विभिन्न निकायमा पटक पटक आन्दोलन गर्दा समेत माग पूरा हुन नसक्नु गैरजिम्मेवारी, विडम्बनापूर्ण र मानवअधिकारको गम्भीर उल्लङ्घन समेत हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

अनिश्चितकालीन धर्नामा बस्नुभएका भण्डारीलगायत अपाङ्गता भएका व्यक्तिहरूले उठाएका मागहरूप्रति नेपाल सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदै उक्त मागहरू छिटोभन्दा छिटो सम्बोधन अध्यक्ष पन्तले सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस