१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरेन : पर्यटन मन्त्री तामाङ

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटन व्यवस्थापन प्रतिष्ठानको विकासको लागि कानूनी अवरोध बिस्तारै हटाउने बताएका छन् । 

आज मंगलबार नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको ५१ औँ वार्षिकोत्सव समारोहमा उनले गठन आदेशबाट स्थापना भएको संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन नसकेको उल्लेख गर्दै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले अगाडि बढिरहेको बताए ।

उनले भने, ‘एउटा गठन आदेशबाट स्थापना भएको यो संस्थामा अहिलेसम्म आवश्यक ऐन पनि बनाउन सकेका छैनौ । त्यसतर्फ पनि ध्यान दिई रहेका छौँ र छिटै नै ऐनलाई संसदबाट अनुमोदन गर्ने हिसाबले पहल गर्नुपर्छ भन्ने हिसाबले अगाडि बढिरहेका छौँ । यो संस्थाको गरिमा बढाउने कुरा मात्रै होइन, अगाडि बढ्नको लागि कानूनी अवरोध जुन खडा भएको छ, त्यो बाटो पनि बिस्तारै खोलिने छ ।’

उनले पर्यटन क्षेत्रले नेतृत्व तहमा महसुस गरेको अभावलाई पूरा गर्ने हिसाबले अगाडि बढ्ने भन्दै पर्यटन क्षेत्रको विकास मात्रै नभई अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्‍याउने अपेक्षा राखेको पनि बताए ।  

उनले भने, ‘पर्यटन बोर्डको काम सम्पन्न गर्ने, पर्यटन क्षेत्रले नेतृत्व तहमा महसुस गरेको अभावलाई पनि पूरा गर्ने हिसाबले हामी छिटै नै लाग्ने छौँ । मन्त्रीको हैसियतले म यो कुरा भन्न चाहन्छु । पर्यटन क्षेत्रको विकास गर्ने, मुलुकमा दक्ष जनशक्तिको विकास र रोजगारीको कुरा मात्रै नभई अर्थतन्त्रमा प्रभावकारी योगदान पुर्‍याउने अपेक्षा राखेको छु ।’

विश्वविद्यालयहरूले अपेक्षित जनशक्ति उत्पादन गर्न नसकेको अवस्थामा यो प्रतिष्ठानले ठूलो ठूलो मुलुकमा समेत प्रतिस्पर्धीको रूपमा थोरै भए पनि जनशक्ति उत्पादन गर्न सफल भएको पनि उनको भनाई छ । 

उनले भने, ‘अहिले हाम्रो विद्यालय, विश्वविद्यालयहरू जति छन्, त्यसबाट हामीले अपेक्षित जनशक्ति उत्पादन गर्न सकिरहेका छैनौँ । उत्पादित्त जनशक्तिहरूले रोजगार प्राप्त गर्न सकिरहेका छैनन्, नेपालमा हामीले जसरी लगानी आकर्षण गर्न, उद्योग, व्यवसायलाई प्रोत्साहन गर्न सक्नु पर्ने थियो । त्यो काम गर्न नसक्नाका कारणले गर्दा हामीले रोजगार पनि सिर्जना गर्न सकिरहेका छैनौँ । यस्तो अवस्थामा यो संस्थाबाट उत्पादन भएका विद्यार्थीहरूले ठूलो ठूलो मुलुकमा समेत प्रतिस्पर्धी जनशक्तिको रूपमा थोरै भए पनि उत्पादन गर्न सफल भएको छ ।’ 

प्रतिक्रिया दिनुहोस