६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता : गगन थापा

अ+ अ-

काठमाडौँ । काँग्रेस महामन्त्री गगनकुमार थापाले सामुदायिक विद्यालयमा अभिभावकको सहभागिता गराउन नसक्नु राजनीतिक असफलता भएको बताएका छन्।

सामुदायिक विद्यालय व्यवस्था समिति महासंघको स्थापना दिवसको अवसरमा काठमाडौंमा आइतबार भएको एक कार्यक्रममा महामन्त्री थापाले विद्यालयमा अभिभावकको सहभागिता कम हुने विषय राजनीतिक असफलता भएको दाबी गरे।

उनले राजनीतिक दलको भोटर खाने पानी, सडक, ढल निर्माणका विषयमा कति बजेट आयो, ठेक्का लाग्यो÷लागेन भनेर छलफल र चासो व्यक्त गर्ने तर सामुदायिक विद्यालयका छलफलमा नजाने गरेको बताए।

उनले अभिभावकलाई राजनीतिक दलले पनि सचेत गराउन नसक्नु राजनीतिक असफलता भएको उल्लेख गरे। उनले सामुदायिक विद्यालयमा पढ्ने बालबालिकाका अभिभावकलाई विद्यालय व्यवस्थापनमा सक्रिय सहभागिता गराउने गरी विद्यालय शिक्षा विधेयक ल्याउन आवश्यक रहेको बताए।

उनले विद्यालय शिक्षा विधेयकमा अभिभावकको सहभागिता धेरै कसरी बढाउने र दलीयकरण हुन नदिने कुरामा विशेष रूपमा छलफल गर्न जरुरी रहेको बताए।

महामन्त्री थापाले विद्यालय शिक्षालाई निःशुल्क बनाउँदै गर्दा विद्यालयलाई अतिरिक्त स्रोत व्यवस्थापन गर्न पाउने ढोका ऐनमा खुला छाड्न आवश्यक रहेको उल्लेख गरे। उनले विद्यालयले अभिभावक वा अन्य पूर्वविद्यार्थीले विद्यालयका लागि स्वेच्छाले सहयोग गर्ने कुरामा खुला छाड्नुपर्ने बताए।

उनले सामुदायिक विद्यालयका शिक्षकको विवादलाई राज्यले रकम खर्च गरेर भए पनि समाधान गर्न आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस