२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिफल आउने गरी कार्यसम्पादन गर्न स्वास्थ्यमन्त्री श्रेष्ठको निर्देशन

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारका नव नियुक्त स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा नतिजा मूलक प्रतिफल आउने गरी कार्यसम्पादन गर्न मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मङ्गलबार राति अबेर नवनियुक्त स्वास्थ्यमन्त्रीका रुपमा पद बहाली गर्दै श्रेष्ठले स्वास्थ्य मन्त्रालयले नागरिकको स्वास्थ्य सुधारका लागि लिएका सकारात्मक पहल र कार्यहरुको कार्यान्वयन तीव्रताका साथ गर्दै जानुपर्नेमा जोड दिए ।

स्वास्थ्य क्षेत्रको विस्तृत कार्यक्षेत्रलाई विचार गर्दै आगामी वर्षको बजेट सिलिङ नै स्वास्थ्य मन्त्रालयका लागि वृद्धि गर्नुपर्ने बताउँदै उनले त्यसका लागि सम्बन्धित निकायमा आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सार्वजनिक गरिएका निर्णयमा आत्महत्या न्यूनीकरणका लागि संयन्त्र निर्माण कार्यक्रम सम्बन्धमा स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सर्वपक्षीय आत्महत्या न्यूनीकरणसम्बन्धी संयन्त्र बनाई व्यापक जनचेतना फैलाउने, बागमती प्रदेशमा रहेका १३ वटै प्रादेशिक अस्पताल र आयुर्वेद चिकित्सालयमार्फत मानसिक रोगको निदान एवं उपचार सेवा प्रदान गर्ने, स्थानीय तहको साझेदारीमा समुदाय स्तरमा मानसिक स्वास्थ्यको स्क्रिनिङ र निदान एवं मनोसमाजिक परामर्शलाई सुदृढीकरण गर्ने, प्रदेश स्वास्थ्य नीतिको मस्यौदाको स्वीकृत गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुपूर्व आर्थिक मामिला तथा योजना मन्त्रालयको रायका लागि पठाउने निर्णय भएको जनाइएको छ ।

पदभार ग्रहण कार्यक्रममा स्वास्थ्य मन्त्रालयमा नवनियुक्त स्वास्थ्यमन्त्रीलाई मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रार र डिन, स्वास्थ्य निर्देशनालयका निर्देशक दीपकप्रसाद तिवारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक श्री वसन्त अधिकारी एवं स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखलगायत सम्पूर्ण कर्मचारीबाट स्वागत गरिएको थियो ।