थाइल्यान्ड । थाइल्यान्डको दक्षिणी प्रान्त फुकेटमा चारतले भवनमा आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् ।
थाई सञ्चारमाध्यमकाअनुसार सोमवार बिहान सबेरै भवनमा आगलागी भएको थियो । आगलागीका कारण भवनमा ठूलो क्षति पुगेको छ । घटनामा घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।
आगलागीको कारणबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन ।






