२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गुल्मीमा विद्युतीय माइक्रो बस सञ्चालन

अ+ अ-

काठमाडौँ । गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा आएका छन् । मैत्री यातायात प्रालिले १० वटा विद्युतीय माइक्रो बसमार्फत सार्वजनिक यातायातको सेवा दिन सुरु गरेको हो ।

बिहीबार जिल्ला समन्वय समितिका प्रमुख द्रोणबहादुर खत्रीले यातायात सेवाको शुभारम्भ गरेका हुन् । उनले विद्युतीय गाडी आर्थिक हिसाबले मितव्ययी र वातावरणमैत्री भएकाले सबैले यसको प्रयोग गर्नुपर्ने बताए ।

मैत्रीले विद्युतीय गाडीबाट सिमलटारीदेखि पाल्पा, बुटवलसम्म सेवा दिन सुरु गरेको प्रालिका सञ्चालक सदस्य काशीराम पाण्डेले जानकारी दिए । मैत्रीले सिमलटारीदेखि सुनौली नाकासम्मको रुट प्रमिट पाएको छ । उनका अनुसार एउटा गाडीको मूल्य ५६ लाख परेको छ । गाडीमा १४ सिट क्षमता छ ।

मैत्रीले विद्युतीय गाडीको भाडासमेत अन्यको तुलनामा कम कायम गरेको छ । प्रालिका अध्यक्ष शंकरप्रसाद गौतमले डिजेल गाडीको तुलनामा २५ प्रतिशत कम भाडा तय गरिएको बताए ।

मैत्री यातायात प्रालिले गुल्मीको तम्घास, रिडीमा चार्जिङ स्टेशनसमेत निर्माण गरेको छ ।