बाँके । एसइई परीक्षामा भइरहेको अमर्यादित कार्य नरोक्ने दुई जना निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको छ । बाँकेको महेन्द्र माध्यमिक विद्यालय स्रोत केन्द्रको परीक्षामा केही परीक्षार्थीहरूले मर्यादा विपरीत गतिविधि गरिरहदासमेत मूकदर्शक बनेका दुई निरीक्षकलाई जिम्मेवारीबाट हटाइएको हो ।
बिहीबार सञ्चालन भएको परीक्षामा परीक्षा निरीक्षकको न्यूनतम कर्तव्य निर्वाह नगर्ने निरीक्षकद्वय गीता सुवेदी र सूर्य थापालाई जिम्मेवारीबाट हटाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । प्रजिअ पोखरेलका अनुसार उनीहरूलाई भविष्यमा परीक्षा सञ्चालन सम्बन्धी कार्यको कुनै पनि जिम्मेवारीमा अयोग्य रहने गरी अभिलेखीकरण समेत गरिने छ ।







