काठमाडौँ । महालेखापरीक्षकमा सिफारिस राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायाको राजीनामा स्वीकृत भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले सचिव रायाको राजीनामा स्वीकृत गरेका सरकारकी प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।
रायलाई केही दिनअघि बसेको संवैधानिक परिषद्को बैठकले रिक्त रहेको महालेखापरीक्षकमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार : महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस
यससँगै एक सचिव पद रिक्त हुन आएको छ ।







