२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस

अ+ अ-

काठमाडौँ । महालेखापरीक्षकमा सचिव तोयम राया सिफारिस भएका छन् ।

संवैधानिक परिषद्को आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई महालेखापरीक्षकमा नियुक्त गरेको एक नेताले बताए । 

महालेखापरीक्षकको कार्यकाल ६ वर्षको हुने प्रावधान रहेको छ ।

टङ्कमणि शर्मा दंगालको अवकाश पछि रिक्त रहँदै आएको महालेखापरीक्षक लामो समयदेखि रिक्त रहँदै आएको थियो । भदौमा माग गरिएको दरखास्तका क्रममा बहालवालादेखि पूर्व सचिवसम्मले इच्छा जताएका थिए । 

सम्बन्धित समाचार : महालेखापरीक्षकका लागि १५ आवेदन, बहालवालादेखि पूर्व सचिवसम्मले जताए इच्छा 

तर आवेदन परेको महिनौँसम्म पनि महालेखापरीक्षकको नियुक्ति हुन सकेको थिएन । 

सम्बन्धित समाचार : ७ महिनादेखि महालेखापरीक्षकको कार्यालय नेतृत्वविहीन, आवेदन मागेको ३ महिना भई सक्दा पनि छैन नियुक्त गर्ने सुरसार

महालेखापरीक्षक नियुक्तिमा भएको ढिलाइप्रति सर्वोच्च अदालतले पुसमा कारण देखाऊ आदेशसमेत जारी गरेको थियो । 

सम्बन्धित समाचार : महालेखापरीक्षक नियुक्तिमा भएको ढिलाइप्रति सर्वोच्चको कारण देखाऊ आदेश

त्यसपछि पनि नियुक्त हुन नसकेको महालेखापरीक्षक तेस्रो कार्यवाहकबाट सञ्चालन हुँदै आइरहेको थियो । 

सम्बन्धित समाचार : कार्यवाहक महालेखापरीक्षक काफ्ले अनिवार्य अवकाश, आठ महिनादेखि कावाकै भरमा कार्यालय

र, लामो रस्साकस्सीपछि आइतबार(आज) महालेखापरीक्षक नियुक्त गरिएको छ । 

लो प्रोफाइलको अड्डा तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारी रहेका रायाले चर्चित नामहरूलाई पछि पार्दै अन्तिम चरणमा बाजी मारेका छन् ।