२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘महाजात्रा’ हेरेपछि झलनाथले भने, ‘नेपाली जनताले अपेक्षा गरेको फिल्म’

अ+ अ-

काठमाडौँ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उप-निर्वाचनको व्यस्त समयका बाबजुद आइतबार बेलुका फिल्म ‘महाजात्रा’ हेर्न काठमाडौं आइपुगेका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पाटी (एकीकृत समाजवादी ) का सम्मानित नेता झलनाथ खनालले फिल्मको प्रशंसा गरे । आइतबार बेलुकी आयोजित विशेष शोमा उनले फिल्म हेरेपछि भ्रष्टचारी नेतालाई गतिलो मुक्का प्रहार गरिएको भन्दै तारिफ गरे ।

‘नेपाली जनताले अपेक्षा गरेको जस्तै फिल्म बनेको पाएँ । नेपाली समाजमा जुन प्रकारको भ्रष्टाचार, तस्करी छ र त्यसलाई नेताहरूले संरक्षण गरेका छन्, जसकारण देशमा युवा रित्तिएका छन् । फिल्मले गलत आशय राख्ने नेताको भण्डाफोर गरेको छ’, सुन्धाराको सिभिल मलस्थित क्युएफएक्समा फिल्म हेरेका नेता खनालले भने, ‘यो फिल्ममा अभिनेता हरिवंश आचार्यले आफ्नो पात्रमार्फत क्रान्ति नै गर्नुभएको छ । नेताहरू नसच्चिएसम्म देश बन्दैन, यस्तो क्रान्ति पर्दा बाहिर पनि चाहिएको छ ।’

नेता खनालसँगै निर्देशक तुलसी घिमिरे, बद्री अधिकारी, अभिनेत्री गौरी मल्ल, अञ्जना बराईली, अभिनेता निश्चल खड्का, रेअर राई, आयुष्मान देशराज श्रेष्ठ, कमेडियन सन्दीप क्षेत्री लगायतले फिल्म हेरेका थिए ।

निर्देशक तुलसी घिमिरेले हँसाउने र रुवाउने दृश्यलाई एकसाथ पर्दामा ल्याउन सक्ने भन्दै लेखकसँगै निर्देशक रहेका प्रदीप भट्टराईको प्रसंशा गरे । ‘यो फिल्मभन्दा पनि आँखीझ्याल झैँ लाग्यो । यहाँबाट देश, समाज र हाम्रो परिस्थितिलाई चिहाउन सकिन्छ । यस्ता फिल्मले दर्शकलाई पनि शिक्षित बनाउँछ, राम्रा उदाहरण पेस गरेको छ’, निर्देशक घिमिरेले भने ।

अभिनेत्री गौरी मल्लले पहिलो हाफमा हाँसो रोक्न निकै कठिन भएको र दोस्रो हाफ आफ्ना लागि सरप्राइज रहेको बताइन् । कमेडियन सन्दीपले ‘जात्रा’ शृङ्खला यहाँसम्म आइपुग्दा परिपक्क हुँदै अगाडि बढेको बताए ।  

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतको अभिनय छ । निर्माण पक्षका अनुसार फिल्मले नेपालमा ११ करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ ।