२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रष्टालाई १७ विधामा ‘नेप्को इन्टरटेनमेन्ट म्युजिक अवार्ड’

अ+ अ-

काठमाडौँ । गीतसंगीतका सर्जकलाई १७ विधामा ‘नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड २०८०’ प्रदान गरिएको छ । नेप्को इन्टरटेनमेन्ट प्रालिले राजधानीमा ‘नेपाली गीत सङ्गीतकर्मीहरूको सम्मान हाम्रो अभियान’ भन्ने नाराका साथ पहिलो पटक आयोजना गरेको कार्यक्रममा उनीहरूलाई अवार्ड प्रदान गरिएको हो ।

अवार्डमा ‘चन्द्र सूर्य‘’ गीतबाट गायक हरिगोपाल प्रधानले ‘सर्वोत्कृष्ट राष्ट्रिय भावना अवार्ड’, सूर्य क्रिएसन प्रालिका सूर्यबहादुर मगरले ‘सर्वोत्कृष्ट म्युजिक प्रोड्युसर अवार्ड’, ‘दशैं तिहार आउँदा’ गीतबाट गायिका सविनाबुढा मगरले ‘सर्वोत्कृष्ट चाडपर्व गीत अवार्ड’, ‘धासी पूर्वेली तेर्से भाका’तर्फ गायक धनबहादुर दमाई (दीपक लाखे)ले ‘सर्वोत्कृष्ट अवार्ड’ पाए ।

त्यस्तै, जानकी थापा मगरले ‘सर्वोत्कृष्ट कस्टम डिजाइनर अवार्ड’, लोक विधातर्फ ‘झरी’ गीतमार्फत नेत्र भण्डारीले ‘सर्वोत्कृष्ट गायक अवार्ड’, ‘खुकुरी रम’ गीतबाट लक्ष्मी रेग्मीले ‘सर्वोत्कृष्ट गायिका अवार्ड’, ‘ओइ साइली’का लागि रोमबहादुर श्रेष्ठले ‘सवोत्कृष्ट नवगायक अवार्ड’ र ‘भोक’का लागि स्पेश लामिछानेले ‘सर्वोत्कृष्ट नव मोडल अवार्ड’ जिते ।

यस्तै, महिला गायिकातर्फ ‘चरी बासैंमा’ का लागि कमला पोखरेलले ‘पब्लिक च्वाईस अवार्ड’ र लोकगीतबाट पुरुषतर्फको ‘पब्लिक च्वाइस अवार्ड’ दीपसागर थापाले पोल्टामा पारे ।

पप विधातर्फ कल्याण सिंहले ‘सर्वोत्कृष्ट संगीत अवार्ड’, ध्रसव खनालले ‘शैलुङ’आधुनिक गीतमार्फत पुरुष मोडल विधाको ‘जुरी अवार्ड’, निरज कुमारले ‘थाहा छैन’का लागि ‘सर्वोत्कृष्ट म्युजिक अवार्ड’, स्मारिका ढकालले ‘धोकेबाज २’का लागि ‘सर्वोत्कृष्ट मोडल महिला अवार्ड’ हात पारिन् ।

लाइभ दोहोरी विधातर्फ प्रकाश दुतराजले ‘माली गाईलाई’का लागि ‘सर्वोत्कृष्ट गायक अवार्ड’, जगतबहादुर घर्तीले ‘तमान खोला लाइभ दोहोरी गायक अवार्ड’, योगेश पानले ‘खुचिङ खुचिङ’ बा लागि ‘पप गायक अवार्ड’ र शक्ति चन्दले भेरी तथा कर्णाली लोक गीततर्फ ‘सर्वोत्कृष्ट शब्द अवार्ड’ सुरक्षित गरे ।

यस्तै शिवम पोखरेलले ‘क्यारी हासम खै’का लागि ‘सर्वोत्कृष्ट मोडल पुरुष’, कुसुम शर्माले ‘सकम्बरी’ का लागि ‘सर्वोत्कृष्ट मोडल महिला अवार्ड’, वसन्तराज गौतमले ‘हँुदैनकी हाम्रो भेट’ लोक गीततर्फ ‘सर्वोत्कृष्ट जुरी अवार्ड’, गणेश कुँवरले ‘बादल पारी’ पप विधाको जुरी अवार्ड चुमे ।

गायक पदम राईले ‘सरकारी अड्डा’ गीतबाट ‘सर्वोत्कृष्ट पुरुष गायक’, आनन्द सिंहले ‘तिमीबिना’ गीतबाट ‘पब्लिक च्वाईस अवार्ड’, सुवास श्रेष्ठले ‘मोटर साइकल’बाट ‘पब्लिक च्वाईस अवार्ड’, मिलन मोक्तानले ‘अनायासै आँधी चल्यो’बाट ‘सर्वोत्कृष्ट शब्द सङ्कलक अवार्ड’, निरोज कुमारले ‘झरनाको चिसो पानी’बाट ‘जुरी अवार्ड’, युवराज छन्त्यालले ‘गाउँको माया’ गीतबाट ‘पब्लिक च्वाईस अवार्ड’, ध्रुव खनालले ‘मनैमा बस्ने’ गीतबाट ‘पब्लिक च्वाईस’ अवार्ड पाए ।

गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गायिका शर्मिला गुरुङलाई ‘राष्ट्रिय गायिका सम्मान’, ख्यामनारायण पौडेललाई ‘राष्ट्रिय व्यवसायी सम्मान’, कमला श्रेष्ठलाई ‘राष्ट्रिय नारी उद्यमी सम्मान’, प्रविण कला राईलाई ‘राष्ट्रिय नारी उद्यमी सम्मान’, होम गैरेलाई ‘राष्ट्रिय नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्ड दर्शक गायक सम्मान’, देवी हमाललाई ‘राष्ट्रिय नारी उद्यमी सम्मान’ प्रदान गरियो ।

त्यस्तै डा. भोला रिजाललाई ‘राष्ट्रिय श्रष्टा सम्मान’, दिनेश मोक्तानलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’, ईशा लोहागुन कौशललाई ‘ध्वनी सम्मान’, रोशनी रसाईलीलाई ‘धन्यवाद सम्मान’, सन्जिव बर्मासाखालाई ‘आइटी सम्मान’, पत्रकार उमेश विकलाई ‘पत्रकारिता सम्मान’, राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’, पूर्णबहादुर खत्रीलाई ‘राष्ट्रिय कलाकारिता सम्मान’, ईश्वर जिसीलाई ‘राष्ट्रिय श्रष्टा सम्मान’, खड्ग वीर रावत, मुकेश कुमार चौधरी, तुल बहादुर थापा, आसिक लामा र केशवराज पाण्डेलाई ‘राष्ट्रिय व्यावसायिक सम्मान’ तथा नेपाल एयर लायन्सलाई धन्यवाद पत्रसहितको सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगरले कम्पनी र संस्थाले अवार्डका कार्यक्रमहरू गर्न गार्‍यो  र खर्चिलो हुने भएकाले नेपाली मौलिक कला संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्न राज्यले सहयोग गर्नुपर्ने बताए ।

नेपाल संगीत उद्योग संघका महासचिव तथा कार्यक्रमका अध्यक्ष जीतबहादुर रावतले नेपाली मौलिक गीत संगीत, कला संस्कृति एवं साहित्यको संरक्षण सम्बद्ध, प्रवर्द्धनसँगै रचनात्मक र सिर्जनात्मक विकासमा योगदान दिएका सर्जक र स्रष्टालाई अवार्ड र सम्मान प्रदान गरिएको बताए ।