२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिका लागि कृषि र पर्यटनमा जोड दिनुपर्छ : मन्त्री महासेठ

अ+ अ-

सिरहा । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले देश समृद्ध बनाउन कृषि र पर्यटनको विकासमा जोड दिनुपर्ने बताएका छन् ।   

आजदेखि सिरहाको लहानमा जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाको आयोजनामा सुरु भएको ‘लहान एक्पो : मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव २०८०’ को उद्घाटन गर्दै उपप्रधानमन्त्री महासेठले देशको सबलता भनेकै कृषि र पर्यटन भएकाले सरकारले सो क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । 

“देशको आर्थिक वृद्धिदर कमजोर रहेको छ । त्यसको लागि नेपाली जनशक्तिलाई कृषिमा आकर्षित गरी उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्नु आजको आवश्यकता हो । यसलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ”, उनले भने। 

सिराहा र मधेस प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय स्थलको विकासमार्फत पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको भन्दै महासेठले धार्मिक, व्यापारिक मेला तथा महोत्सवले त्यस कार्यमा सहयोग पुग्नेसमेत बताए । 

‘समृद्धिको आधार, कृषि, पर्यटन उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको महोत्सव १० दिनसम्म चल्ने छ । महोत्सवमा नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशका लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताका एक सय २१ भन्दा बढी कक्ष राखिएका छन् ।