२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृति जगेर्ना गर्न ‘संस्कृति रक्षा दौड’

अ+ अ-

भैरहवा (रुपन्देही) । रुपन्देहीमा नयाँ वर्ष २०८१ को अवसरमा ‘संस्कृति रक्षा दौड’ आयोजना गरिएको छ । भैरहवामा १३ वर्षदेखि नयाँ वर्षमा सो दौड आयोजना गरिँदै आएको छ । 

हिन्दु स्वयम सङ्घ नेपालले सो दौडमा दौडमा गैडहवा गाउँपालिका–८ का उमेश बरई प्रथम भइ रु १५ हजार एक सय पुरस्कार प्राप्त गरे । यस्तै सियारी गाउँपालिका–३ का सन्दीप कुर्मी दोस्रो भइ रु ११ हजार एक सय, सियारी–४ का मनोज केवट तेस्रो भई रु सात हजार एक सय तथा सियारी–१ का दिपक पासी, सोही ठाउँका अरुण चौधरी, रोहिणी–५ का सैफ अलि अन्सारी र शुद्धोधन–४ का ग्रिजेश यादवले रु एक हजार नगदसहित सान्त्वना पुरस्कार पाए । उक्त दौडमा पाँच सयभन्दा बढी व्यक्ति सहभागी भएका सङ्घका राष्ट्रिय सङ्घचालक भीम शर्मा आचार्यले जानकारी दिए । 

‘नेपालको संस्कृति संसारकै लागि अनुकरणीय रहेको छ, यसलाई अनुसरण गर्न विदेशी नागरिक पनि यहाँ आउने गरेका छन्,’ उनले भने–’हाम्रो संस्कृतिमा पारिवारिक पद्धति छ, सँगै मिलेर बस्ने संस्कृतिलाई जोगाएर राख्नु हाम्रो दायित्व हो ।’यसकै लागि भैरहवामा संस्कृति रक्षा दौड आयोजना गरिँदै आएको उनको भनाइ छ ।

नेपालमा पश्चिमी संस्कृति हाबी हुँदै गएकामा सङ्घ चिन्तित बनेको  छ । “हाम्रो संस्कृति, संस्कार र पहिचान मध्येको एउटा विक्रम सम्वत पनि हो, यसको रक्षाका लागि प्रत्येक वर्ष संस्कृति रक्षा दौड आयोजना गर्दै आएका छौँ”, सङ्घचालक आचार्यले भने । 

दौडमा बालबालिकादेखि वृद्ध वृद्धासम्म सहभागी भएका थिए । विद्रोही चोकबाट सुरु भएको दौड बुद्धचोक, कान्छीबजार, पिपरहिया चोक, गल्लामण्डी, मिलनचोक हुँदै पुनः विद्रोही चोकमा समापन भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली राष्ट्रिय गीतका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) रहेका थिए । रचनाकार माइलाले राष्ट्रप्रेम महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै अरुको संस्कार संस्कृतिको देखासिखी गर्ने परम्परा तोडिनुपर्ने बताए ।