२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यका एघारौँ तहका १२ कर्मचारीको सरुवा, को कहाँ (नामावलीसहित)

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एघारौँ तहका १२ जना कर्मचारीहरूको सरुवा गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै १२ जना कर्मचारीको सरुवा गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख कन्सल्टेन्ट सर्जिकल ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. जैनेन्द्र चौधरी र प्रमुख कन्सल्टेन्ट न्युरो सर्जन डा. निलम कुमार खड्काको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा सरुवा भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा. ओमप्रसाद अर्याल र प्रमुख कन्सल्टेन्ट अब्स्टेट्रिक गाइनोकोलोजिष्ट डा. विनोद सिंह र प्रमुख अस्पताल नर्सिङ प्रशासक मञ्जु यादवको कोशी अस्पताल, विराटनगरमा सरुवा भएको छ ।

यसैगरी, स्वास्थ्य मन्त्रालयका प्रमुख कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. विश्वनाथ शर्माको भेरी अस्पताल, नेपालगन्ज, प्रमुख कन्सल्टेन्ट ई.एन.टी. सर्जन डा. दिपेन्द्र गौतमको नारायणी अस्पताल, पर्सा, प्रमुख कन्सल्टेन्ट ई.एन.टी. सर्जन डा. शैलेन्द्र वि.क. पोखरेललाई भरतपुर अस्पताल, चितवनमा सरुवा गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्ट डा. सुभाष रेग्मी र प्रमुख कन्सल्टेन्ट अब्स्टेट्रिक गाइनोकोलोजिष्ट डा.राम नरेश पण्डितको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, थापाथलीमा सरुवा भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख अस्पताल नर्सिङ प्रशासक सरिता कार्कीलाई कान्ति बाल अस्पताल र भेरी अस्पताल नेपालगन्जमा दरबन्दी रही लुम्बिनी प्रदेश अन्तर्गत काजमा रहेका प्रमुख कन्सल्टेन्ट रेडियोलोजिष्ट डा. सुरेश थापाको नारायणी अस्पताल, पर्सामा सरुवा भएको छ ।

यसैबिच डा. सुरेश थापा र डा. विनोद सिंहलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, सरिता कार्कीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल अस्पताल, पोखरा र कोशी अस्पताल विराटनगरका प्रमुख ल्याब टेक्निसियन डा. श्रवण कुमार मिश्रलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा काजमा खटाइएको छ ।