२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट

अ+ अ-

काठमाडौँ । विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट भएका छन् । 

दौडसँग सम्बन्धित विभिन्न प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने सो म्याराथन प्रतियोगितामा नेपालकातर्फबाट २० वर्षीय धावक दीक्षित मात्र छनोट भएका हुन् । विश्वको खेलकुद इतिहासमा ‘लण्डन म्याराथन दौड प्रतियोगिता’ मा भाग लिन पाउनुलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ । 

लामो दूरीको दौडतर्फ विश्वभर चर्चित सो म्याराथन प्रतियोगिता भोलि लण्डनमा हुँदैछ । सो प्रतियोगितामा भाग लिन विश्वका ५० हजारभन्दा बढी युवा खेलाडी लण्डन पुगिसकेका नेपाली धावकका हजुरबुवा डा.सुन्दरमणि दीक्षितले जानकारी दिए । 

बच्चैदेखि शारीरिक व्यायाम र दौडमा रुचि राख्ने कुशलले भारतको नयाँ दिल्लीमा स्कुल पढ्नेक्रममा स्थानीय विद्यालयको साथै दिल्ली सरकारद्वारा आयोजित विभिन्न दौड प्रतियोगितामा कैयौँ पुरस्कार तथा पदक जितेका डा.दीक्षितले जानकारी दिए । 

संयुक्तराज्य अमेरिकाको सिकागोमा स्नातक तहमा अध्ययनरत युवा धावक कुशल म्याराथन प्रतियोगितामा भाग लिने सिलसिलामा अहिले लण्डन पुगेका छन् ।