१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रणसिंह परियार विना विभागीय मन्त्री नियुक्त

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रका रणसिंह परियार विना विभागीय मन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री यामलाल कँडेलले गठबन्धन घटक माओवादीका सांसद परियारलाई बुधबार दिउँसो विना विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री परियारले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराएका हुन् ।

आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले परियारलाई विना विभागीय मन्त्रीको रूपमा पठाउने निर्णय गरेको थियो । सोहीअनुसार मुख्यमन्त्री यामलाल कँडेलले उनलाई मन्त्री नियुक्त गरेका हुन् । परियार हुम्ला प्रदेश सभा (क)बाट निर्वाचित सांसद हुन् ।

चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सरकारलाई पूर्णता दिन सकेका छैनन् । मुख्यमन्त्री सहित ८ सदस्यीय मन्त्रिपरिषद् रहेको कर्णालीमा माओवादीले ४ र एमालेले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय लिने सहमति भएको छ ।

मुख्यमन्त्री कँडेलले भोलि, बिहीबार संसद्‌बाट विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस