१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालले भने-म प्रधानमन्त्री बन्छु कि भनेर भतभती पोलिएकाहरूलाई धिक्कार छ

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरूले मन्त्री र प्रधानमन्त्री बन्न मरिहत्ते नगर्ने बताएका छन् । पार्टी निकट अनेमसंघको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै आफू चुनावदेखि चुनावको अभियानमा नभएको बताए ।

उनले भने, ‘हाम्रो पार्टी देश विकासको सवालमा चिन्तित छ, कसै कसैलाई लागेको छ हाम्रो पार्टी पनि सरकारमा जानको लागि मन्त्री र प्रधानमन्त्री बन्नेको लागि मरिहत्ते गरिहरेको छ कि भन्ने कुरा त्यो लोभी पापीहरूले भन्ने कुरा हो । इमानदार मान्छेहरूको होइन । बरु एउटा कुरा छ । हाम्रा मान्छे गए भने राम्रा काम गर्नेछन् । हाम्रा पार्टीसँग जोडिएका नेता कार्यकर्ता सरकारमा गए भने राम्रो काम गरेर देखाउनेछन् । राम्रो काम नभइरहेको कुराहरूले हामीलाई पोल्नुपर्छ, अरु भन्दा भिन्न छौँ भनेर देखाउन सक्नुपर्छ । यसअर्थमा हामी सत्ताको लागि होइन, चुनाव चुनावका लागि होइन, देश र समाज परिवर्तनको लागि हो भनेर लाग्नुपर्छ ।

उनले अहिले अहिले कम्युनिष्ट पार्टीले जनताको विश्वास जित्दै आइरहेको बताए ।

उनले थपे, ‘राजनीतिक लक्ष्य र उद्देश्य स्पष्ट छैनन् भने पार्टी अगाडि बढ्न सक्दैन । मिसन के हो रु चुनावमात्रै हो रु मिसन जनताको मुक्ति हो । त्यसको लागि समाजलाई राम्रो बनाउनुपर्छ ।’

उनले नेपालको राजनीतिलाई ठिक दिशामा अगाडि बढाउन आफ्नो पार्टीको निर्णायक भूमिका रहेको जिकिर गरे ।

उनले भने, ‘हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थालेको छ। कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ । पोल्ने मान्छेहरू पनि छन् यो समाजमा, पोले पोलेस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ । त्यो भएकाले परिस्थिति हाम्रो अनुकूल बनाउने कुरामा ध्यान जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस