२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरले उठायो साढे ४ अर्ब आन्तरिक राजस्व

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्ष (आव) १० महिनामा साढे ४ अर्ब आन्तरिक राजस्व संकलन गरेको छ ।

महानगरले २०८०-८१ वैशाख मसान्तसम्म ४ अर्ब ४७ करोड १९ लाख बराबर आन्तरिक राजस्व संकलन गरेको हो । महानगरले आन्तरिक राजस्वमा गत वर्षभन्दा ८ करोड ५७ लाखले धेरै उठाएको हो ।

काठमाडौँले सबैभन्दा धेरै राजस्व घर बहाल करबाट उठाएको छ । राजस्व विभागका अनुसार १ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ संकलन भएको छ । गत आवमा महानगरपालिकाले १ अर्ब ७५ करोड १६ लाख उठाएको थियो । चालु आवमा महानगरले घर बहाल कर २४ करोड ३९ लाख रुपैयाँ धेरै उठाएको छ ।

महानगरका प्रशासनिक सेवा शुल्क राजस्व गत वर्षभन्दा उच्च दरमा बढेको छ । गत आव १० महिनामा ७२ लाख ९ हजार मात्रै उठाएको महानगरले चालु आव सोही अवधिमा ३ करोड २२ लाख उठाउन सफल भएको हो ।

यस्तै शिक्षा क्षेत्रको आम्दानी पनि महानगरले दोब्बर बनाएको छ । गत आव वैशाख मसान्तसम्म २३ लाख ४२ हजार उठाएको काठमाडौँले चालु आव सोही अवधिमा ४६ लाख ८९ हजार उठाएको हो ।