२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्सालाई पूर्ण खोप युक्त जिल्ला घोषणा

अ+ अ-

वीरगञ्ज (पर्सा) । पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय पर्साले राष्ट्रिय खोप तालिकामा समावेश एका १५ महिना उमेर भित्रमा पाउनुपर्ने सबै खोपहरि सबै बालबालिकाहरूले पूर्ण रूपमा लिएको सुनिश्चितता गरेसँगै सो घोषणा गरिएको हो ।

मधेस प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव प्रमोदकुमार यादवले बिहीबार वीरगञ्ज आयोजित कार्यक्रममा पर्सा जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरेका थिए ।  

उनले पूर्णखोप युक्त जिल्लाको प्रमाणपत्र पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, जिल्ला खोप समन्वय समितिका अध्यक्ष नीरञ्जनप्रसाद सोनार र स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहलाई संयुक्त रूपमा प्रदान गरेका थिए । 

पूर्ण खोप युक्त जिल्ला घोषणा गर्ने अभियान २०७४-सालमै सुरु भए पनि विविध कारणले ढिलो भएको थियो । स्वास्थ्य कार्यालय पर्साका प्रमुख साहले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्रमा पाउनुपर्ने सबै खोपहरि सबै बालबालिकाले पूर्ण रूपमा लिएसँगै पूर्ण खोप जिल्ला घोषणा गर्न सफल भएको बताए । ‘‘पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्न निकै कसरत गर्नुपर्‍यो । सबैको साथ सहयोगको कारणले मात्रै यो घोषणा गर्न सकिएको हो’’, उनले भने, ‘‘मधेस प्रदेशमा पूर्ण खोप जिल्ला घोषणा गर्न चार जिल्ला मात्रै थियो । आज हामीले पूर्ण खोप जिल्ला घोषणा गरेर नयाँ यात्राको सुरुवात गरेका छौँ ।’’

पर्साको पोखरिया नगरपालिकालाई २०७४ वैशाख २७ गते पूर्ण खोप नगरपालिका घोषणा गरिएको थियो । तर, पकहामैन्पुर गाउँपालिका, विन्ध्वासिनी गाउँपालिका, धोबिनी गाउँपालिका र कालिकामाई गाउँपालिकालाई भने माघको अन्तिम सातामात्रै पूर्ण खोप गाउँपालिका घोषणा गरिएको थियो । 

मधेस प्रदेशका धनुषा, रौतहट र महोत्तरी जिल्लालाई अझै पनि पूर्ण खोप जिल्ला घोषणा गर्नै बाँकी छ । मधेश प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव यादवले मधेश प्रदेशमा पूर्ण खोप घोषणा गर्न चार जिल्ला बाँकी रहेकोमध्ये पर्साले पूर्ण खोप जिल्ला घोषणा गरेर सकारात्मक सुरुवात गरेको बताए । ‘‘पर्सा जिल्ला आजबाट पूर्णखोप जिल्ला घोषणा भएको छ । पक्कै पनि यसले सबै ठाउँमा सकारात्मक सन्देश दिने काम गरेको छ । यो धेरै खुसीको कुरा हो ।’’ उनले भने, ‘‘पूर्ण खोप घोषणा गर्न लागेका अन्य जिल्लालाई पनि आवश्यक समन्वय गरेर अघि बढ्न अनुरोध गर्दछु ।’’ सचिव यादवले प्रदेश सरकारले एक वर्ष अघि महत्वाकांक्षी लक्ष्य राखेर चार वटै जिल्लाई पूर्णखोप जिल्ला बनाउने अभियान थालेको बताए । पर्साका प्रमुख जिल्ला अधिकारी भुसालले पूर्णखोप जिल्ला घोषणा गरे पनि अझै पनि चुनौती कायमै रहेको बताए । ‘‘पूर्ण खोप जिल्ला घोषणा गरेर मात्रै पुग्दैन । पूर्ण खोपपछिका चुनौतीलाई पनि सशक्त ढङ्गले योजनाबद्ध अघि बढ्न जरुरी छ’’, उनले भने, ‘‘पूर्ण खोप घोषणापछि आवश्यक पर्ने स्रोत तथा बजेट उपलब्ध गराइदिन सरकारसँग अनुरोध गर्दछु ।’’ जिल्ला खोप समन्वय समितिका अध्यक्ष सोनारले सबैको साथ र सद्भावकै कारणले पर्सा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्न सकिएको बताए ।