१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सदनको गतिरोध हटाउन प्रधानमन्त्री र काँग्रेससँग छलफल गर्ने नेकपा एसको निर्णय

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले संसद् गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय आलोक नगरमा बसेको सचिवालय बैठकमा सदनको गतिरोध हटाउन प्रधानमन्त्री, गृहमन्त्री र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको दाबी गर्दै संसदीय छानबिन समिति बनाउन माग राख्दै सदन अवरोध गर्दै आइरहेको छ ।

समिति बनाउन सत्तापक्ष पनि तयार भए पनि टीओआरमा कुरा मिल्न सकेको छैन। काँग्रेसले गृहमन्त्रीको नाम नै किटान गरेर समिति बनाउनुपर्ने अडान राखेको छ ।

यस्तै, बैठकले महाधिवेशनका लागि तयार पारेको दस्ताबेज जेठ १५ गते जिल्ला तहमा पठाउने र अर्को बैठक जेठ १४ गते बस्ने निर्णय गरेको छ ।

बैठकले महाधिवेशनको तयारीका लागि खाद्य, आवास प्रचारलगायतको व्यवस्थाका सबै पक्षमा छलफल भएको प्रवक्ता खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस