काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।
शुक्रवार बिहान ११ बजेदेखि बसुन्धरामा सुरु हुने बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
आइतबारसम्म चल्ने बैठकमा राजनीतिक, सांगठनिक, सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदनका साथै विभिन्न प्रदेशका प्रतिवेदन प्रस्तुत हुनेछन् ।
यसअघि बुधबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरेको थियो ।







