७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिरोहियाविरुद्ध राज्य लाग्यो, कानूनको गलत र कपटपूर्ण प्रयोग भयो : नेता सिटौला  

अ+ अ-

काठमाडौँ । काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले सरकारले कानूनको गलत र कपटपूर्ण प्रयोग गरेर कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको आरोप लगाएका छन् । 

सोमबार काठमाडौंमा गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले अदालतले कान्तिपुरका मालिक सिरोहियालाई पक्राउ गर्न पहिला आदेश नदिएको बरु सरकार आफैँ पक्राउ पुर्जी माग्न अदालत पुगेको दाबी गरे । 

‘हामीले प्रधानमन्त्रीसँग भेट्दा किन यसरी सिरोहियालाई पक्राउ गरेको भनेर सोध्दा अदालती प्रक्रियाबाट पक्राउ पुर्जी आयो । अब अदालतले नै छोड्ला भन्ने हल्का जवाफ दिनुभयो ।’ सिटौलाले थपे, ‘सरकारले प्रहरीलाई अदालतमा गएर पक्राउ पुर्जीको आदेश माग है नभनेको भए अदालत आफैंले पुर्जी दिन्थ्यो त ? अदालत के आफैँ एक्टिभ भएको हो त ?’ अदालत आफैंले पक्राउ गर्नलाई निर्देशन दिएको होइन, सरकार एक्टिभ भएको हो । उहाँलाई जुन परिस्थितिमा जुन तरिकाले पक्राउ गरेर लगियो र हिरासतमा राखेर जसरी अनुसन्धान भइराखेको छ, ठ्याक्कै त्यसको निष्कर्षमा भन्दा त्यो कानूनको अत्यन्त गलत र कपटपूर्ण प्रयोग भइरहेको छ ।’

सिटौलाले कान्तिपुरले पटक पटक सहकारी ठगीको विषय मुद्दाका रूपमा उठाएकाले संसदमा गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समितिको माग भएको भन्ने परेकाले नै गृहमन्त्री रवि लामिछानेले सिरोहियालाई समाएपछि सबै मिडियाले आफूबारे बोल्न छाड्छन् भन्ने हेतुले सिरोहियालाई पक्राउ गर्न लगाएको आरोप लगाए । 

गणतन्त्र स्थापनाको लागि ०६२/०६३ मा भएको आन्दोलनमा राजनीतिक दलहरूले आन्दोलन अगाडि बढाउन नसकेको स्थितिमा कान्तिपुरसँगै प्रेस जगत सडकमा आएको स्मरण गरेका उनले कान्तिपुर जस्तो प्रेसको मुख थुन्नु भनेको जनताको मुख थुन्नु भएको टिप्पणी गरे । 

प्रतिक्रिया दिनुहोस