२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युगान्डालाई १२५ रन अन्तरले पराजित गर्दै अफगानिस्तानले गर्‍यो शानदार विजयी सुरुवात 

अ+ अ-

काठमाडौँ । आइसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले शानदार जित दर्ता गरेको छ । समूह सीमा रहेको अफगानिस्तानले मंगलबार भएको खेलमा युगान्डालाई १२५ रनले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । निकै नै उत्कृष्ट सुरुवात गरेको अफगानिस्तानले मध्य क्रममा भने बलियो योगफल तयार पार्न भने सकेन । पहिलो विकेटका लागि अफगानिस्तानका रमनुल्लाह गुर्वाज र इब्राहिम जर्दानले १५४ रनको उत्कृष्ट साझेदारी गरेका थिए । 

पहिलो विकेटको रूपमा १४.३ ओभरमा इब्राहिम जर्दानले  ४६ बलमा एक छक्का र ९ चौका प्रहार गर्दै ७० रनको पारि खेलेर आउट भए । त्यसलगत्तै अफगानिस्तानले दोस्रो विकेट गुमाउन पुग्यो । दोस्रो विकेटको रूपमा अर्का ओपनर रमनुल्लाह गुर्वाज ७६ रन जोडेका थिए । उनले चार चौका र चार छक्का प्रहार गरे । तेस्रो विकेटको रूपमा नजिवुल्लाह जर्दान २ रन बनाएर आउट भएका थिए भने गुलावदिन नइबले ४ रन जोडे । अज्मतुल्लाह ओमरजाइले ५ रन बाएर पाँचौं विकेटको रूपमा पभेलियन फर्किएका थिए । 

मोहमद नावी १४ तथा कप्तान राशिद खान २ रनमा नटआउट रहे । युगान्डाका कसमस केयुटा र बरिन मसाबाले दुई दुई विकेट लिए ।

१८४ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको युगान्डा कुनै पनि बेला हाबी भएन । लगातार विकेट पतन हुँदा १६ ओभरमा ५८ रनमा समेटियो । युगान्डाका रोविनसन ओबुयाले सर्वाधिक १४ रन जोड्दा रिजत अलि साहले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन असफल भए । चार खेलाडीले खाता पनि खोल्न सकेनन् ।

युगान्डालाई सस्तैमा रोक्ने क्रममा फजलहक फारुकीले ५ विकेट लिए । उनले ४ ओभरमा ९ रन खर्चिएर ५ विकेट हात पारेका हुन् । यसैगरी नभिन उल हक र रासिद खानले दुई/दुई विकेट लिए ।