काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पूर्वसञ्चालक सुबोध कुमार कर्णलाई पत्र पठाएको छ ।
लाखौँ रुपैयाँ घुस माग्ने कर्णलाई ३० दिन भित्र हाजिर हुन सूचना जारी गरेको हो । ।
राष्ट्र बैंकका सञ्चालक समिति सदस्य भएको समयमा कर्णले व्यवसायीक घरानासँग करिब ३० हजार अमेरिकी डलर घुस मागेका थिए ।उनीसँग उक्त घुस प्रकरणका विषयमा केही बुझ्नु पर्ने भन्दै आयोगले उनको नाममा ३० दिने सूचना जारी गरेको हो ।








