२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई करोड ५० लाख खर्चेको भेहिकल जीपीएस ट्रयाकिङ सिस्टम प्रयोगविहीन

अ+ अ-

काठमाडौँ । यातायात व्यवस्था विभागले करोडौँ रुपैयाँ खर्चेर खरिद गरेको भेहिकल जीपीएस ट्रयाकिङ सिस्टम सञ्चालनमा आउन सकेको छैन । 

विभागले जीपीएस भेहिकल ट्रयाकिङ सिस्टम जडान तथा सञ्चालन गर्न गत वर्ष दुई करोड ५० लाख ६ हजार रुपैयाँमा सफ्टवेयर तथा विद्युतीय उपकरण खरिद गरेको थियो । विभागले नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनामार्फत सफ्टवेयर तथा विद्युतीय उपकरण खरिद गरेको थियो । 

महालेखापरीक्षकको ६१औँ प्रतिवेदन अनुसार खरिद भएका सामग्रीको वारेन्टी अवधि र सम्झौताबमोजिमको त्रुटि सच्याउने वा मर्मत सम्भार अवधि समाप्त हुने अवस्था रहेको छ । सवारी धनीहरूले डिभाइस जडान गरी विभागसँग आबद्ध भएपश्चात् मात्र उक्त प्रणाली सञ्चालन गर्न सकिनेमा नेपाल–भारत क्षेत्रीय व्यापार पारवहन आयोजनाको अवधि समाप्त भएको छ । 

सवारीको अवस्था तथा गन्तव्यलगायतका विषय व्यवस्थित गरी सुरक्षित यात्रालाई सुनिश्चित गर्न सार्वजनिक, निजी तथा सरकारी सवारीमा जीपीएस ट्रयाकिङ प्रणाली लागु गर्नुपर्ने महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ ।