काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग चर्किएपछि रोकिएको उडान तथा अवतरण अहिले फेरि सञ्चालनमा आएको छ ।
विमानस्थलको धावनमार्ग चर्किएपछि पछि आज साँझ ४ः५५ बजेदेखि ६ बजेसम्म आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान अवरुद्ध भएको विमानस्थल कार्यालयका महानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।
उनले भने, “धावनमार्ग चर्किएपछि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान करिब एक घण्टा जति रोकिएका थिए, अहिले मर्मतपछि सबै उडान तथा अवतरण सञ्चालन भएका छन् ।”
यसअघि यही जेठ ११ गते पनि धावनमार्गको कोटेश्वरतर्फको भाग (०२ सी-डी) मा (क्य्राक) चिरा देखिएपछि उडान अवरुद्ध भएको थियो ।







