११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेलाई अरू पार्टीसँग तुलना गर्न मिल्दैन : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग नीति र देश बनाउने योजनाको विषयमा बहस गर्न कुनै पार्टी तयार नभएको बताएका छन् ।

एमाले ११ औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ समारोहलाई सम्बोधन गर्दै अन्य एमालेबाहेक अन्य पार्टीसँग पार्टीसँग नीति, कार्यक्रम र योजना केही नभएको जिकिर गरे ।

उनले भने, ’हामीसँग नीतिको बहस गर्न कुनै पार्टी पनि आउँदैन । हाम्रो पार्टीमा देश कसरी बनाउने भन्ने विषयमा बहस गर्न कुनै पार्टी तयार छैन । उनीहरूसँग नीति, कार्यक्रम र योजना केही छैन । राष्ट्रियताको बारेमा बहस गर्न कोही तयार छैन। सुशासनको बारेमा तयार छैन ।’

उनले एमाले र अरु पार्टी उस्तै हुन् भनेर कुप्रचार गरेको बताए ।

उनले भने, ‘अरु पार्टी र हामी उस्तैउस्तै होइन। पार्टी त पार्टी हुन् तर फरक देश र जनताप्रति समर्पित हुनुपर्छ । कतिपय देश बनाउन होइन पद पाउँला भनेर प्रवेश गरेका छन् । पार्टीका काम गर्नुपर्छ बस्नुपर्छ पद पाएर भनेर अरुपनि पार्टी छन् भन्ने कहिलेकाहीँ सुनिन्छन् । त्यति साह्रो देशको माया नभएकाहरूप्रति एमालेको कुनै आश र लोभ छैन ।’

उनले एमालेका अगाडि धेरै ठूला चुनौती रहेको बताए ।

उनले थपे, ‘हाम्रा अगाडि चुनौतीहरू छन् । घेराबन्दी छ । तर, हामीसँग घेराबन्दी तोड्ने अभ्यास छ । षड्यन्त्रका जालाहरू च्यात्ने अभ्यास छ । हाम्रोविरुद्ध विभिन्न कुप्रचारहरु चलाइन्छ ।’

उनले पार्टीविरुद्धको कुप्रचारको प्रतिवाद गरेर निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्नको लागि मिसन ०८४ को अभियानमा लाग्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस