काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सत्ता समीकरणको तीन महिनाको समीक्षा भएको छ ।
सिंहदरवारमा बुधबार भएको भेटवार्तामा दुई नेताबीच फागुन तेस्रो साता बनेको समीकरणको सबल र दुवै पक्षको समीक्षा भएको निकट स्रोतको भनाइ छ ।
काँग्रेससहितको गठबन्धन भत्काएर फागुन तेस्रो साता बनेको सरकारले तीन पूरा गरिसकेका छ । यो अवधिमा समीकरण भत्काउने प्रयास भए पनि त्यसलाई निस्तेज पारेको दुई नेताको निष्कर्ष छ ।
जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादी (नेकपा एस) अध्यक्ष माधवकुमार नेपाललाई साथ लिएर काँग्रेसले समीकरण भत्काउने प्रयास गरेको भए पनि त्यसलाई निस्तेज बनाएको ओली-दाहालको दाबी छ ।