११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै भाषा, संस्कृतिको संवर्द्धन र विकास गर्न सरकार प्रतिबद्ध छ : मन्त्री तामाङ

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालमा बोलिने सबै भाषा, साहित्य र संस्कृतिको संवर्द्धन र विकास गर्न सरकार सचेत र प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल प्रज्ञा-प्रतिष्ठानको ६७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री तामाङले नेपाल प्रज्ञा-प्रतिष्ठानमार्फत भाषा, साहित्य, संस्कृति र दर्शनको विकास गर्न सरकारकातर्फबाट अधिकतम सहयोग गर्ने बताए । प्रतिष्ठानले नेपालको मौखिक इतिहासको खोजी गर्ने, नेपालमा बोलिने मातृभाषाको संरक्षण र सम्वद्र्धनमा जोड दिने, बालसाहित्यको विकास गर्ने, सातै प्रदेशका भौगोलिक, सामाजिक, संस्कृति, ऐतिहासिक, भाषिक तथा साहित्यिक विषयकको खोज अन्वेषण गर्दै आएको उल्लेख गर्दै उनले यसमा सरकारकातर्फबाट भरपुर सहयोग रहने विश्वास दिलाए ।

नेपाल प्रज्ञा-प्रतिष्ठान जनताको सङ्घर्र्ष र बलिदानको पृष्ठभूमिमा उभिएको जिकिर गर्दै मन्त्री तामाङले नेपाल प्रज्ञा-प्रतिष्ठान नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्ने तथा मौलिक सिर्जना एवं अनुवादको काम गर्ने सर्वोच्च निकाय भएको उल्लेख गरे । 

नेपाल प्रज्ञा-प्रतिष्ठान २०१४ सालमा ‘नेपाली साहित्य-कला एकेडेमी’का नाममा स्थापना भएको हो । त्यसपछि यो नेपाल एकेडेमी, नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान हुँदै नेपाल प्रज्ञा-प्रतिष्ठानमा परिणत भएको हो । प्रतिष्ठानले ६७औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय कविता महोत्सव आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस