काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अहिले चलिरहेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्दै पार्टीको सबलीकरणका लागि केन्द्रीय सचिवालयद्वारा प्रस्तावित विविध एजेन्डामाथि छलफल भइरहेको उनले बताए ।