काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।
विभिन्न सार्वजनिक निकायहरूबाट लेखिआए बमोजिम कार्यालयको २१ गतेको निर्णयअनुसार २४ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको हो ।
कालोसूचीमा राखिएको अवधिभर त्यस्ता कम्पनीहरूले कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ ।








