२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले भन्यो-कसैले माग्दैमा प्रधानमन्त्रीको राजीनामा आउँदैन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कसैले माग्दैमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा नआउने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको बताए ।

संवैधानिक प्रावधान अनुसार एक महिना नकुरेर त्यसअगावै हुने गरी यही असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको उल्लेख गर्दै उनले प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार नै अगाडि बढ्ने बताए ।

‘प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार अगाडि बढ्नुहुन्छ । कसैले चाहँदैमा राजीनामा आउँदैन । तपाईँहरूको इच्छाले राजीनामा प्राप्त हुँदैन । २८ गते विश्वासको मत लिने प्रक्रियासम्म पर्खिन यहाँहरूलाई आग्रह गर्छु,’ सांसद दाहालले भने ।

साथै प्रधानमन्त्रीलाई नैतिकताको पाठ नसिकाउन पनि उनको आग्रह छ । सांसद दाहालले अगाडि भने, ‘कोही अनैतिक र भ्रष्टले नैतिकताको पाठ सिकाइरहन पर्दैन ।’

नेपाली काँग्रेस र नेकपा एमालेले प्रधानमन्त्री ‘प्रचण्ड’को राजीनामा माग गरेका छन् । दुई ठूला दल मिलेर सरकार बनाउने सहमति भएसँगै दुवै दलको संसदीय दलको बैठकले ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय लिएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा काँग्रेस र एमालेका सांसदहरूले प्रधानमन्त्री ‘प्रचण्ड’लाई राजीनामा दिन सुझाएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’को राजीनामा माग्ने सांसदहरूलाई माओवादी सांसद दाहालले यही असार २८ गतेसम्म पर्खिन भनेका हुन् ।

असार २८ गते प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।