१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूली नदीमा बेपत्ता भएका बस तथा यात्रुको खोज तथा उद्धार कार्य स्थगित

अ+ अ-

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा गएको पहिरोमा परेको यात्रुसहितका दुई बसको अवस्था अज्ञात छ । 

सडकमा गुडिरहेको यात्रुवाहक बस पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएको प्रहरीको भनाइ छ । तर, दिनभर खोजतलास गर्दा पनि बस फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । 

नारायणगढ-मुग्लिङ सडक खण्डको सिमलतालबाट बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स नदीमा खसेका हुन् ।

एन्जल वीरगन्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा शुक्रवार बिहान सो बस घटनामा परेमा परेको थिए । 

एन्जल डिलक्समा २४ जना यात्रु सवार रहेको थाहा भएको छ । प्रहरीका अनुसार टिकट काउन्टरका कर्मचारीले १७ जनाको नाम र ७ जनाको सङ्ख्या मात्रै इन्ट्री गरेर चढाएको भेटिएको छ । हराएका दुवै बस खोज्न सेना, सशस्त्र र प्रहरी परिचालन गरिएको थियो । 

गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार रहेको बताइएको छ । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ जना प्रहरीको सम्पर्कमा छन् । 

दुई वटा बस त्रिशूलीमा खस्दा कम्तीमा ५५ यात्रुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । प्रहरीले आज रात परेकाले खोज तथा उद्धार कार्य स्थगित भएको र भोलि बिहानैदेखि खोजीलाई निरन्तरता दिने बताएको छ ।

प्रतिक्रिया दिनुहोस