१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरपालिकावासी न्यूनतम स्वास्थ्य सेवाबाट वञ्चित

अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिकावासी न्यूनतम स्वास्थ्य सेवाबाट समेत वञ्चित छन् ।

महानगरपालिकामा सामान्य उपचारका लागि एउटा पनि सरकारी तहको अस्पताल नहुँदा सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधामा महानगरवासीको पहुँच पुगेको छैन । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले महानगरमा मानसिक अस्पतालबाहेक एउटा पनि सरकारी अस्पताल नभएको बताए । उनले भने, ‘यहाँबाट बिरामी काठमाडौँका सरकारी अस्पताल वा निजी अस्पताल जान बाध्य छन् ।’

सरकारी अस्पताल नहुँदा सबैभन्दा बढी समस्या महिलालाई भएको अध्यक्ष कार्की बताउछन् । महानगरपालिकाअन्तर्गत २० क्लिनिक सञ्चालित छन् । तीमध्ये कतिपयले ‘बर्थिङ सेन्टर’ शुरु गरेका छन् । ती केन्द्रबाट सिफारिस गरेर कहाँ पठाउने समस्या हुने गरेको उनी बताउछन् । उनी भन्छन्, ‘कि त किष्ट अस्पताल वा प्रसूति गृह पठाउने गरिन्छ ।’

सिङ्गो महानगरपालिकामा जिल्ला तहको अस्पताल मात्रै होइन प्राथमिक स्वास्थ्य केन्द्रसमेत छैन । सरकारले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउने औषधि र स्वास्थ्यकर्मीको सेवाबाट स्थानीयवासी वञ्चित हुन परिरहेको छ । उनी भन्छन्, ‘शहरी क्षेत्रमा धेरै शहरी गरीव पनि बसोबास गर्छन्, उनीहरुले पनि न्यूनतम शुल्कमा सेवा पाएका छैनन् ।’ विषयगत कार्यालयले दिने सेवा स्थानीय तहले दिने भनिए पनि स्वास्थ्यलगायत कार्यालयले सञ्चालन गर्ने कार्यक्रम शुरु भइसकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस