२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्साको सुपौलीमा इलाका प्रशासन कार्यालय

अ+ अ-

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आफ्नो कार्यालयको सेवालाई जिराभवानी गाउँपालिका–४ स्थित सुपौलीमा इलाका प्रशासन कार्यालय विस्तार गर्ने भएको छ ।

कार्यालयको सेवा प्रवाहलाई जनतामैत्री बनाउनका लागि इलाका प्रशासन कार्यालय विस्तार गर्न लागिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आगामी भदौको पहिलो साताभित्रै इलाका प्रशासन कार्यालय सुपौली सञ्चालनमा ल्याउने गरी तयारी थालेको बताए ।

“कार्यालयको सेवा प्रवाहलाई जनतामैत्री बनाउनका लागि इलाका प्रशासन कार्यालय सुपौली सञ्चालनमा ल्याउन खोजेका हौँ,” उनले भने, “इलाका प्रशासन कार्यालयको भवन तयार भइसकेको छ । कार्यालय भवनको प्राविधिक मूल्याङ्कन भएर हस्तान्तरणको प्रक्रिया अघि बढिरहेको छ । सम्भवतः हामीले भदौको पहिलो साताभित्रै इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने गरी तयारीमा जुटेका छौँ ।”

प्रमुख जिल्ला अधिकारी भुसालले इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै पर्साका ग्रामीण भेगका जनता नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताए । “इलाका प्रशासन कार्यालयले पहिलो चरणमा जीराभवानी, जगरनाथपुर, धोबिनी र ठोरी गाउँपालिकाका जनतालाई सेवा प्रवाह गर्नेछ ।”

जिराभवानी गाउँपालिकाका–४ का स्थानीय रामप्रवेश सिसौरियाले इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत कागजात बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताए । “आफ्नै गाउँघरमा इलाका प्रशासन आउनु पक्कै पनि हाम्रो लागि सुखद खबर हो,” उनले भने, “वीरगञ्ज जानुपर्दा एकातर्फ समय र अर्कोतर्फ पैसाको पनि खर्च हुँदै आइरहेको थियो । यो सञ्चालनमा आएसँगै त्यो अप्ठेरोपनको अन्त्य हुने विश्वास लिएका छौँ ।” कार्यालय सञ्चालन भएसँगै यहाँका जनताको २७ किलोमिटर टाढाबाट वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको केही महिनाभित्रै राहदानी सेवा पनि थप गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

इलाका प्रशासन कार्यालयमा शाखा अधिकृतको नेतृत्वमा ६ जना कर्मचारी रहनेछ । नायब सुब्बा एक, खरिदार एक र दुईजना कम्प्युटर अपरेटर तथा एक जना कार्यालय सहयोगी रहनेछन् । इलाका प्रशासन भवन रु एक करोड पाँच लाख ९९ हजार लागतमा निर्माण भएको हो ।